नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले यही फागुन १ गतेदेखि सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको भीड लाग्न थालेको छ ।कोरोना जोखिम कायमै रहेका बेला पनि सोचेभन्दा धेरै पाठक पुस्तक प्रदर्शनीमा आएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए । प्रदर्शनीमा दर्शनाचार्य (एमफिल)मा अध्ययनरत नेपाली, समाजशास्त्र, लोकसाहित्यलगायत विषयका अनुसन्धाताले बढी पुस्तक खरिद गरेका छन् । विभिन्न विषयमा स्वतन्त्र रुपमा अनुसन्धान गरिरहेका र विभिन