आन्तरिक अर्थतन्त्र सुस्त भइरहेकै अवस्थामा पनि वैदेशिक लगानी प्रतिबद्धता दोब्बरले बढेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा उद्योग विभागमा साढे १६ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जुन...
चालू आर्थिक वर्षको फागुन महिनामा विदेशी लगानी प्रतिबद्धता बढेको छ । एकै महिनामा विभिन्न देशबाट १२ उद्योग–परियोजनामार्फत ६ अर्ब ४७ करोड रुपैयाँबराबरको लगानी प्रस्ताव आएको हो । यस अवधिमा आठवटा पर्यटन क्षेत्रका,...
चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता आधाले घटेको छ । उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यो अवधिमा वैदेशिक लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको विभागले जनाएको छ ।विभागका वैदेशि
काठमाण्डाै – परराष्ट्र मन्त्री डा. नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता भएको बताउनुभएको छ ।
आज बुधवार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको तर्फबाट जवाफ दिँदै परराष्ट्र मन्त्री खड्काले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारका कारण ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता भएको बताउनुभएको हो । उहाँले सरकारले प्रविधि हस्तान्तरणलाई टेवा पुर्याउन नयाँ विदेशी लगानी तथा प्रविध...
सन् २०२१ मा स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा एक खर्ब सात अर्ब बढ्यो
कोभिड महामारीको कहर कम हुँदै गएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित भएका छन् । सन् २०२१...
चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभिन्न छवटा शीर्षक अन्तर्गत उक्त उद्योग दर्ता भएका छन् ।जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । सो क्षेत्रका ३५ उद्योगमा मात्रै रु १५ अर्ब ९५ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा २५ अर्ब ५१ करोडको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। उक्त लगानी २०७७ साउनदेखि फागुनसम्मको अवधिमा १३३ उद्योगहरुमा आएको हो। यो लगानीबाट ३ हजार ७४० रोजगारी सिर्जना हुने विश्वास गरिएको छ। आर्थिक वर्ष २०७६/७७मा १७३ उद्योगमा २९ अर्ब ६७ करोड वैदैशिक लगागनीको प्रतिबद्धता प्राप्त भएको थियो।
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा २५ अर्ब ५१ करोडको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। उक्त लगानी २०७७ साउनदेखि फागुनसम्मको अवधिमा १३३ उद्योगहरुमा आएको हो। यो लगानीबाट ३ हजार ७४० रोजगारी सिर्जना हुने विश्वास गरिएको छ। आर्थिक वर्ष २०७६/७७मा १७३ उद्योगमा २९ अर्ब ६७ करोड वैदैशिक लगागनीको प्रतिबद्धता प्राप्त भएको थियो।