निर्माण व्यवसायीको अन्तरराष्ट्रिय सम्मेलन मंगलवारदेखि

काठमाडौं। नेपालसहित विभिन्न १८ मुलुकका निर्माण व्यवसायीको अन्तरराष्ट्रिय सम्मेलन मंगलवार (मङ्सिर ५ गते)देखि काठमाडौंमा शुरू हुने भएको छ । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका ती मुलुकका निर्माण व्यवसायीको छाता संस्था इन्टरनेशनल फेडेरेशन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन (इफाप्का)को सम्मेलन दोस्रोपटक नेपालमा हुन लागेको हो । विश्वभर देखिन थालेको आर्थिक मन्दी र यसबाट नेपाल पनि प्रभावित भएको अवस्थामा भौतिक पूर्वाधारको विकासमा अन्तरराष्ट्रिय लगानी भित्त्याउन सम्मेलन महत्त्वपूर्ण हुने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । सम्मेलनका क्रममा १० लाख अमेरिकी डलरभन्दा बढी लगानी नेपाल भित्रने अनुमान गरिएको उनको भनाइ छ । महासंघले उक्त सम्मेलन अवधिमा हुने कार्यक्रमका विषयमा पनि जानकारी दिएको छ । सम्मेलनमा इफाप्कामा आबद्ध मुलुकहरूबीच जलवायु परिवर्तनका असर तथा प्राकृतिक विपत्ति व्यवस्थापनको विषयमा छलफल समेत हुनेछ । महासंघका अध्यक्ष सिंह इफाप्काका पनि अध्यक्ष हुन् । उनको संयोजकत्वमा २१ सदस्यीय आयोजक समिति गठन गरिएको जानकारी दिइएको छ । पत्रकार सम्मेलन गरेर इफाप्काको तयारी पूरा भएको महासंघले जानकारी दिएको छ । ‘दिगो पूर्वाधारमा साझेदारी’ नारा तय गरिएको सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ । इफाप्का फोरमको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने महासंघले बताएको छ । सम्मेलनमा सदस्य देशका २४२ सहित ५०० भन्दा बढीको सहभागिता रहने महासंघका अध्यक्ष सिंहले जानकारी दिए । सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधि काठमाडौं आउन थालिसकेको बताइएका छ । विश्वभर देखिन थालेको आर्थिक मन्दी र यसबाट नेपाल पनि प्रभावित भएको अवस्थामा भौतिक पूर्वाधारको विकासमा अन्तरराष्ट्रिय लगानी भित्त्याउन सम्मेलन महत्त्वपूर्ण हुने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । जलवायु परिवर्तनको मुद्दा उठाउन र बाह्य पर्यटन विस्तारका लागि समेत यो सम्मेलन फलदायी हुने महासंघले बताएको छ । सम्मेलनले काठमाडौं घोषणापत्र समेत जारी गर्नेछ । सम्मेलनमा सहभागी हुने प्रतिनिधिका लागि मङ्सिर ४, ५ र ६ गते रजिष्ट्रेशन अवधि तोकिएको छ । ५ गते नै ‘फाइनान्स कमिटी मिटिङ’, ‘प्रेसिडेन्सियल कन्क्लेभ’ र ‘एक्जिक्युटिभ बोर्ड मिटिङ’ आयोजना गरिँदै छ । यस्तै मङ्सिर ६ मा साधारणसभासहित विभिन्न कमिटीको बैठक आयोजना हुनेछ ।  सोही दिन सम्मेलनका केही सहभागीहरू वसन्तपुर र स्वयम्भूको अवलोकन भ्रमणमा जानेछन् । यस्तै दोस्रो ‘एक्जिक्युटिभ बोर्ड मिटिङ’ र ‘इमर्जिङ योङ लिडर्स’ कार्यक्रम आयोजना गरिने महासंघले जानकारी दिएको छ । मङ्सिर ७ गते गोकर्ण गल्फ मैदानमा महासंघ–इफाप्का गल्फ प्रतियोगिता गरिने भएको छ । मङ्सिर ८ गते नयाँ कार्यसमिति चयन गरी उक्त कार्यसमितिको ‘एक्जिक्युटिभ बोर्ड मिटिङ’ र केही सहभागीका लागि भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण कार्यक्रम राखिएको छ । नेपालले यसअघि सन् १९९९ मा काठमाडौंमा ३०औं इफाप्का सम्मेलन आयोजना गरेको थियो ।

सम्बन्धित सामग्री

निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिरको पहिलो साता राजधानीमा हुने भएको छ।...

१८ मुलुकका निर्माण व्यवसायीको सम्मेलन नेपालमा हुँदै

एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिरको पहिलो साता राजधानीमा हुने भएको छ।...

१८ मुलुकका निर्माण व्यवसायीको सम्मेलन नेपालमा हुँदै

एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिरको पहिलो साता राजधानीमा हुने भएको छ।...

निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलन ५ मंसिरदेखि

१ मंसिर, काठमाडौं । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इन्टरनेसनल फेडेरेसन अफ एसियन एन्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर (इफाप्का)को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन ५ मंसिरदेखि काठमाडौंमा हुने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । महासंघका अनुसार सम्मेलन ५–९ मंसिरसम्म […]

नीति निर्माण तहमा नागरिकको पहुँच पुर्‍याउन नागरिक शिखर सम्मेलन गरिने

नीति निर्माण तहमा नागरिकको आवाज समेट्न र सहभागिता बढाउन नागरिक शिखर सम्मेलन आयोजना गरिने भएको छ । उपत्यका लगायत देशभरकै ७५३ वटै स्थानीय सरकार, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास नामक...

बुटवलमा दुई हजारजना क्षमताको सम्मेलन केन्द्र निर्माण

सरकारले लुम्बिनी प्रदेशको बुटवलमा दुई हजारजना क्षमताका साना ठूला हलसहित अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गरेको छ ।सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका छन् । सहरी विकासमन्त्री मेटमणि चौधरीले उद्घाटन गर्ने भनिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री देउवा आफैले सम्मेलन केन्द्रको उद्घाटनमा चासो राखेका थिए । सम्मेलन केन्द्रका लागि प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टरबाट […]

यस्तो छ बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

रुपन्देहीको बुटवल उपमहानगर पालिका वार्ड ८ रामनगरमा सङ्घीय सरकारले निर्माण गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्रमा दुई चरणमा गरी सम्पन्न भएको हो । बिहान ११ बजे प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने तयारी पूरा भएको निर्माण आयोजना प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए । सम्झौता भएको ५ वर्षमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन

माओवादीले आज छ हजार ७४३ वडामा सम्मेलन गर्दै

नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ । माओवादीले  ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । माओवादीले यस सम्मेलनले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि वडा सम्मेलन गर्ने भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।   माओवा