स्थानीय तहको निर्वाचन आउन अब केवल २४ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी रौनकले छोएको छ । राजनीतिक दलहरु उम्मेदवारको छनोटमा व्यस्त छन् भने छनोट भएका उम्मेदवारहरु आफ्नो पक्षमा भोट माग्न चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । कामको सिजन सुरु भएकाले ग्रामीण भेगका मतदाताहरु बिहानदेखि खेतबारीमा बालीनालीको काममा व्यस्त हुन्छन् । मतदाताहरुलाई घरमा नभेटेपछि भोट माग्न गाउँ पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरु मतदातालाई भेट्न खेतबारीमा नै पुगिरहेका छन् ।विसं २०७४ को स्थान