धरानमा कानूनविपरीतका क्रियाकलाप हुँदा सरकार मूकदर्शक बन्यो : राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको सनातन धर्म–संस्कृतिमाथि निरन्तर प्रहार भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । धर्मनिरपेक्षता खारेज गरी वैदिक सनातन हिन्दू राष्ट्र पुनर्स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।
काठमाडौं – झापा क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देन तीन हजार २७६ मतान्तरले विजयी भएका हुन् लिङ्देनले ४० हजार ६४८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका थिए। यसअघि पनि लिङदेनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।
झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै जित निकालेका हुन् ।
झापा– आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर-३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता भइरहेका राजनीतिक गतिविधिले हौसिएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरिरहेका लिङ्देन केही दिनयता भइरहेका राप्रपा प्रवेशको लहरले हौसिएका हुन् । सिटौलालाई सत्तारुढ गठबन्धनको सहयोग छ भने लिङ्देनलाई एमालेको । तर, सिटौलालाई सहयोग गर्न दल नेकपा […]
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। उनी प्रतिस्पर्धी कमल थापाभन्दा २०० मत बढी ल्याएर विजयी भएका हुन्। राप्रपा केन्द्रीय सदस्यका उम्मेदवार रवीन्द्रप्रताप शाहले विजेता लिङ्देनले एक हजार ८१७ मत ल्याएर राप्रपा अध्यक्षमा विजयी भएको जानकारी दिए। अर्का अध्यक्ष उम्मेदवार थापाले भने एकहजार ६१७ मतमात्रै पाए। निर्वाचन समितिका अनुसार अध्यक्ष मतदानमा […]
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन राजेन्द्र लिङ्देन जुलुशसहित राष्ट्रिय सभागृह पुगेका छन्। वुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा आज मनोनयन दर्ता हुँदैछ। अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची...