अपि पावरले १ करोड ६५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने

अपि पावर कम्पनीले शेयरधनीहरूलाई लक्षित गर्दै हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत अर्थात् १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

सम्बन्धित सामग्री

नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न चैत ६ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ५० लाख ३० हजार ८०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  नेपाल बिमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब १ करोड भन्दा बढी रहेको छ । २५ प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू.२ अर्ब ५१ करोड पुग्नेछ ।

नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न चैत ६ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ५० लाख ३० हजार ८०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  नेपाल बिमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब १ करोड भन्दा बढी रहेको छ । २५ प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू.२ अर्ब ५१ करोड पुग्नेछ ।

पूँजी वृद्धि र नयाँ आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्दै १२ कम्पनी

काठमाडौं । पूँजी वृद्धि, नयाँ आयोजना लगानी र ऋण तिर्नका लागि विभिन्न १२ कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी, अरुण भ्याली हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, एनएलजी इन्स्योरेन्स, रिडी पावर, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् । यी सबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृतिसमेत पाइसकेका छन् ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले २ करोड ३४ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  एनएलजी इन्स्योरेन्स कम्पनीले पनि बिमा प्राधिकरणले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन निर्देशन दिएसँगै हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाइड्रोपावर कम्पनीहरूले भने नयाँ आयोजनामा लगानी गर्न र ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । हाइड्रोपावर कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । आँखुखोला जलविद्युत कम्पनीले १ करोड २० लाख, अरुण भ्याली हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीले समान ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् ।  रिडी पावर कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता, लिवर्टी इनर्जी कम्पनीले ७५ लाख, बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार १५० कित्ता र छ्याङदी हाइड्रोपावरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् । त्यस्तै जोशी हाइड्रोपावरले २४ लाख १४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । नारायणी डेभलमपेन्ट बैंकले भने २६ लाख २४ हजार ६७६कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड ।

चार हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दिए निवेदन

काठमाडौं । चार हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।  लिवर्टी इनर्जी कम्पनी, ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले भदौ २१ गते र बरुण हाइड्रोपावर कम्पनीले भदौ २२ गते हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।  लिवर्टी इनर्जी कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  त्यस्तै ङादी ग्रुप पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  आँखुखोला जलविद्युत कम्पनीले हाल कायम चुक्ता पूूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड  छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  त्यस्तै बरुण हाइड्रोपावर कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले रू. ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था गरिएपछि हाइड्रोपावर कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।

४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै अपि पावर

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि यो हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।   हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २१ गतेसम्म कायम शेयरधनीहरू मात्र आवेदन दिनका लागि योग्य हुनेछन् ।  गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेस गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँभन्दा बढी पुग्नेछ ।  हकप्रद शेयर निष्कासनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १ बराबर शून्य दशमलव ४० अनुपातमा हकप्रद शेयर निष्कासन गर्न चैत ६ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले रू. १ सय अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब १३ करोड पुग्नेछ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड भन्दा बढी पुग्नेछ ।  कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद शेयर निष्कासन गर्न अपि पावर कम्पनीलाई नियमन आयोगको स्वीकृति

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न फागुन २६ गते आयोगको स्वीकृतिपत्र पाएको हो । अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्न वार्षिक साधारण सभाबाट पारित गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । सेबोनको स्वीकृतिपछि मात्रै कम्पनीले रू. १ सय अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

६ ओटा कम्पनी १ करोड ५६ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा

भदौ १०, काठमाडौं । ६ ओटा कम्पनीले १ करोड ५६ लाख ४४ हजार ३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेका छन् ।  शिखर इन्स्योरेन्स, एक्सेल डेभलपमेण्ट बैंक, कर्पोरेट डेभलपमेण्ट बैंक, समृद्धि फाइनान्स, नारायणी डेभलपमेण्ट बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् ।  ६ ओटा कम्पनीमध्ये एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पनि पाएको छ । कम्पनीले बोर्डबाट साउन ३१ गते हकप्रद शेयर निष्कासन गर्ने स्वीकृति पाएको हो ।  कम्पनीले रू. १०० अंकित दरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको हो । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पछि पूँजी रू. १ अर्ब ५ करोड ४४ लाख भन्दा बढी पुग्नेछ ।  त्यसैगरी, बाँकी पाँच ओटा कम्पनीले बोर्डमा निवेदन दिएका छन् । सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले १० बराबर ३ को अनुपात रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो ।   हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ सम्पन्न गराइसकेको छ । इक्रा नेपालले इक्रा एनपी आर ए रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कमपनीले समयमा आफ्ना दायित्व पूरा गर्न सक्ने जनाउँछ । कम्पनीको के्रडिट रिस्क कम रहेको उल्लेख गरेको छ ।  त्यसैगरी, कर्पोरेट डेभलपमेण्ट बैंकले ३० लाख कित्ता, समृद्धि फाइनान्सले २७ लाख २९ हजार ७०५ कित्ता, नारायणी डेभलपमेण्ट बैंकले १३ लाख १२ हजार ३३८ कित्ता र छ्याङदी हाइड्रोपावरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।                                                                               स्रोत : नेपाल धितोपत्र बोर्ड