अपि पावर कम्पनीको १ करोड ८ लाख कित्ता हकप्रद शेयर निष्कासन हुने

अपि पावर कम्पनीले २५ चैतदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

सम्बन्धित सामग्री

अपि पावर कम्पनीको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

चैत २५, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आज (शुक्रवार) देखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्ने भएको हो । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र अपिको हकप्रद शेयर खरीदका वैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै उक्त हकप्रदमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ । यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रदलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । हकप्रद निष्कासन पछि उक्त पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ । कम्पनीले २०७८ साल असोज २५ गते यो हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । अपि पावरले निर्माणाधिन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले चालू आर्थिक वर्षको ६ महीनासम्म रू. १४ करोड ३० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा न्यून अर्थात् शून्य दशमलव ११ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी ४ दशमलव ५८ प्रतिशत बढेको छ भने खर्च २१ दशमलव ४९ प्रतिशत बढी भएको छ । कम्पनीले ६ महीनामा रू. ३१ करोड ७६ लाखभन्दा बढी आम्दानी गरेकोमा रू. २ करोड ८६ लाखभन्दा बढी खर्च गरेको हो ।

चैत २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै अपि पावर कम्पनी

चैत ९, काठमाडाौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्ने भएको हो । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र अपिको हकप्रद शेयर खरीदका वैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै उक्त हकप्रदमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ । यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रदलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । हकप्रद निष्कासन पछि उक्त पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ । कम्पनीले २०७८ साल असोज २५ गते यो हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । अपि पावरले निर्माणाधिन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले चालू आर्थिक वर्षको ६ महीनासम्म रू. १४ करोड ३० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा न्यून अर्थात् शून्य दशमलव ११ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी ४ दशमलव ५८ प्रतिशत बढेको छ भने खर्च २१ दशमलव ४९ प्रतिशत बढी भएको छ । कम्पनीले ६ महीनामा रू. ३१ करोड ७६ लाखभन्दा बढी आम्दानी गरेकोमा रू. २ करोड ८६ लाखभन्दा बढी खर्च गरेको हो ।

अपि पावरले हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते बुक क्लोज गर्ने

चैत ४, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । कम्पनीले शुक्रवार आफ्नो फेसबुक पेजमार्फत बुक क्लोजको मिति सम्बन्धी सूचना सार्वजनिक गर्दै उक्त सूचना आइतवार आर्थिक अभियान राष्ट्रिय दैनिकमा सार्वजनिक गर्ने जानकारी गराएको हो । बुक क्लोजको आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र अपिको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । अपिले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हालसम्म विक्री खुलाको मिति तय नगरेको कम्पनीले बुक क्लोजको मिति भने तय गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न फागुन २६ गते बोर्डको अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अपिले २०७८ साल असोज २५ गते यो हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । अपि पावरले निर्माणाधिन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले चालू आर्थिक वर्षको ६ महीनासम्म रू. १४ करोड ३० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा न्यून अर्थात् शून्य दशमलव ११ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी ४ दशमलव ५८ प्रतिशत बढेको छ भने खर्च २१ दशमलव ४९ प्रतिशत बढी भएको छ । कम्पनीले ६ महीनामा रू. ३१ करोड ७६ लाखभन्दा बढी आम्दानी गरेकोमा रू. २ करोड ८६ लाखभन्दा बढी खर्च गरेको हो ।

अपि पावरलाई हकप्रद विक्री गर्न बोर्डको अनुमति

फागुन २६, काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनी लिमिटेडलाई १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति दिएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न फागुन २६ गते बोर्डको अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ ।  यो हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अपिले २०७८ साल असोज २५ गते यो हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । कम्पनीले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गर्न लागेको हो ।

६ महीनामा अपि पावरले कमायो १४ करोडभन्दा बढी नाफा

माघ २९, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनासम्ममा रू. १४ करोड ३० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा न्यून अर्थात् शून्य दशमलव ११ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी ४ दशमलव ५८ प्रतिशत बढेको छ भने खर्च २१ दशमलव ४९ प्रतिशत बढी भएको छ । कम्पनीले ६ महिनामा रू. ३१ करोड ७६ लाखभन्दा बढी आम्दानी गरेकोमा रू. २ करोड ८६ लाखभन्दा बढी खर्च गरेको हो । पूँजी वृद्धि अभियानमा रहेको कम्पनीले हकप्रद र बोनस शेयर मार्फत पूँजी बढाएर रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार पुर्‍याएको छ ।  आयोजना निर्माणको लागि आवश्यक रकम जुटाउन कम्पनीले फेरि १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेको छ । कम्पनीले १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा गत असोज २५ गते निवेदन दिएको छ । पुस मसान्तसम्म कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २१ दशमलव ८० प्रतिशत कम अर्थात् रू. २३ करोड २३ लाखमा सीमित भएको छ ।  यस वर्ष १६३ दशमलव ३९ प्रतिशत बढी अर्थात् रू. २४ करोड ८२ लाख लगानी गरेको कम्पनीको दिर्घकालिन कर्जा ११९ दमलव २९ प्रतिशत बढी अर्थात् रू. ३ अर्ब ७३ करोड ६६ लाख पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १० दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ४२ छ ।

अपि पावरको शेयरमा झुम्मिए लगानीकर्ता : कुल कारोबारमा सर्वाधिक हिस्सा

पुस २७, काठमाडौं । मंगलवारको कारोबारमा अपि पावर कम्पनी लिमिटेडको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ ।  यो दिन कुल कारोबारमा अपि पावरले सर्वाधिक हिस्सा ओगटेको हो । मंगलवार रू. ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार बराबरको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर कारोबार हुँदा अपि पावरको मात्र रू. १६ करोड ८३ लाख २२ हजार बराबरको ३ लाख २९ हजार ९७५ कित्ता शेयर कारोबार भएको हो ।  सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ४ दशमलव ९० ले बढेर अन्तिम मूल्य रू. ५१० दशमलव ९० कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य रू. ५०६ मा खुला भई न्यूनतम रू. ५०३ देखि अधिकतम रू. ५१८ सम्म पुगेको थियो । यस कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्रीको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत असोज २५ गते निवेदन दिएको छ । कम्पनीको भदौ २५ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो ।  उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० दशमलव ५० प्रतिशत बोनस शेयर वितरण र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको थियो । कम्पनीले १० दशमलव ५० प्रतिशत बोनस शेयरपश्चात कायम चुक्तापूँजीको आधारमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विद्युत् नियमन आयोगले कम्पनीको बोनस पश्चात कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको अधाारमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति दिएसँगै कम्पनीले बोर्डमा निवेदन दिएको हो ।  आयोगले पूर्व स्वीकृति दिदैं विभिन्न ६ शर्तहरु पनि तोकेको छ । शेयर विक्रीबाट प्राप्त रकम आयोजना निर्माणमा लगानी गर्नुपर्ने र सो समेत समावेश गरी ऋण र स्वः लगानीको अनुपात कायम गर्नुपर्ने शर्त आयोगले राखेको छ ।  त्यस्तै, ऐन नियमावली, विनियमावली र निर्देशिका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समयसमयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्ने शर्त समेत राखेको छ । आयोगबाट जारी भएको मापदण्ड, संहिता तथा संस्थागत सुशासन सम्बन्धी निर्देशिका पालना गर्न, हकप्रद शेयरको निष्कासन विवरणपत्रमा प्रकाशन गरिने विवरणहरुमा धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिमका विवरणहरुको अतिरित्त आयोजना सम्बन्धी आय विवरण उल्लेख भएको १२ महीनाको तालिका समेत समावेश गर्न आयोगले भनेको छ ।  साथै आयोजना सम्पन्न भएपछि सोको कुल लागत सर्वसाधारणको जानकारीका लागि प्रकाशन गर्नुपर्ने र सोको जानकारी आयोगलाई दिने शर्त पनि रहेको छ । अपि पावर कम्पनीले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।  उक्त आयोजनाको अनुमानित लागत रू. ७ अर्ब ४० करोडमध्ये रू. २ अर्ब २२ करोड शेयरधनीहरुबाट संकलन गर्ने योजना कम्पनीको रहेको छ ।

अपि पावरले हकप्रद निष्कासन गर्ने

काठमाडौं, ५ कात्तिक । अब अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा असोज २५ गते निवेदन दिएको हो । अपि पावर कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।