बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी : चार जना पक्राउ

काठमाण्डाै - बैंककै कर्मचारीको मिलेमतोमा एनआईसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका अनुसार बैंकको नगद सङ्कलक काठमाण्डौको काँडाघारी बस्ने प्रदीप खत्रीसहित चार जना पक्राउ परेका छन् । खत्रीले काठमाण्डौ महानगरपालिका–१० को कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी १६ लाख ३० हजार रुपैयाँ बैंकमा दाखिला गर्न जाने क्रममा लुटपाट भएको सूचना प्रहरीलाई दिएका थिए । सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।