जनकपुरधाम- मिथिलाञ्चलको महाकुम्भको रूपमा मानिने मिथिला मध्यमा परिक्रमा यात्री जनकपुरधाम आउन लागेका छन्। लामो दूरीको धार्मिक पदयात्रा मिथिला मध्यमा परिक्रमाका सहभागीहरू सोमबार जनकपुरधाम फर्किन थालेका हुन्। धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित हनुमाननगरमा पुगेर विधिवत सुरु भएको परिक्रमा नेपाल-भारतका विभिन्न स्थानको परिक्रमा गर्दै जनकपुरधाम फर्केको छ। बिसौलमा विश्राम गरेको […]