गणेश विश्वकर्मा अहिले नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो सदस्य छन् । भूमि अधिकारकर्मीको सशक्त परिचय बनाएका उनी पार्टीको भ्रातृ संगठन ‘नेपाल दलित मुक्ति संगठन’को केन्द्रीय अध्यक्ष समेत हुन् ।बझाङको देवल गाउँमा जन्मेका गणेश भूमि अधिकारकर्मी बन्न पुग्नुको एउटा कथा छ ।गाउँमा रहेको देवल मन्दिरको हेरचाह र सरसफाइको जिम्मा उनका पुर्खाले धेरै अघि पाएका थिए । त्यसबापत उनका पुर्खालाई मन्दिरको छेउछाउमा चार रोपनी जति जग्गा दिइएको थियो । त्यस जमिनको भोगचलन गर्नेमा गणेश १३औँ पुस्ता हुन् ।गण