भूमि आयोगले रोक्यो जग्गा वितरण

काठमाडौं : राष्ट्रिय भूमि आयोगले तत्कालका लागि जग्गा वितरण स्थगन गरेको छ। निर्वाचन आयोगले भूमि आयोगलाई जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच, निस्सा वितरण तथा लालपुर्जा वितरण कार्य रोक्न निर्देशन दिएकाले आयोगले तत्काललाइ वितरण कार्य स्थगन गरेको हो। आयोगले रोक्न निर्देशन दिएका काम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको आयोगले आज सूचना निकालेर जानकारी दिएको छ।आयोगका अनुसार साउन ३१, भदौ १, २ र २९ को सूचनामा उल्लेखित कामका अतिरिक्त लगत संकलन, नापजाँ