चितवनमा आजदेखि सुकुम्बासीको जग्गा नापिने

चितवनका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो ।

सम्बन्धित सामग्री

चितवनमा आजदेखि नवौं फर्मा एक्स्पो हुँदै

नवौं फर्मा एक्स्पो आज (शुक्रबार) देखि चितवनमा सुरु हुँदैछ। नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा हुने एक्स्पो तीन दिन संचालन हुनेछ। एपोनका अध्यक्ष महेश प्रधानले धराशायी बन्दै गएको नेपाली औषधि उद्योगलाई चिनाउन फर्मा एक्स्पो गर्न लागिएको बताए।

चितवनमा आजदेखि राष्ट्रिय चिया प्रर्दशनी

चितवन– चितवनमा आज देखि राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम हुने भएको छ। नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको सह आयोजना, भरतपुर महानगरपालिकाको प्रवर्द्धक सहयोग र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा यही माघ २६ र २७ गते […]

चितवनमा आजदेखि प्याराग्लाइडिङ्ग सुरु

१ वैशाख, चितवन । सफारी पर्यटनमा परिचित चितवनमा आजदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान पनि सुरु भएको छ । साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका वडा नं. २९ को चौकीडाँडाबाट सुरु गरिएको हो । चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका बोर्ड डाइरेक्टर शालिक दवाडीले नयाँ वर्षको पहिलो दिनको अवसर पारेर […]

चितवनमा पनि ‘पठाओ’ : अटाे र बाइकमा सेवा सुरु

काठमाण्डौ – राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यावसायिक यात्राले ४ वर्ष पूरा गरेको छ । याेसँगै पठाओले चितवनमा पनि आजदेखि आफ्नो सेवा सञ्चालन गरेको छ । काठमाण्डौ उपत्यकामा लोकप्रिय बनेको पठाओले आजदेखि चितवनमा अटाे र बाइकमा सेवा सुरु गरेकाे जनाएकाे छ । चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो बाइक तथा अटाेकाे ब्लु बुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुरको कान्ति चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।पठाओले २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत ...

आजदेखि चितवनमा पनि पठाओ सेवा शुरु

लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ शनिबारदेखि औपचारिक रुपमै चितवनमा पनि आफ्नो सेवा शुरु गरेको छ । नेपालमा व्यवसायिक यात्राको ४ वर्ष पूरा गर्दैगर्दा पठाओले काठमाडौं उपत्यकासहित बागमती प्रदेशको चितवनमा पनि राइड सेयरिङ सेवा शुरु गरेको हो । २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत कम्पनीले नेपालमा सेवा सुरू गरेको थियो । आफ्नो सेवा विस्तार गर्दै पठाओले ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा पनि जोडेको थियो । कार लाइट सुरु गरेपछि क्याप्टेन (ट्याक्सी चालक) हरूको अतिरिक्त आम्दानीमा

स्थानीय तह निर्वाचन : चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै

चितवन । स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिँदै छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमा ती कर्मचारी खटिन लागेका हुन् । निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । मतदान अधिकृतको तालिम सम्पन्न गरी आजदेखि मतदान केन्द्रमा […]

चितवनमा आजदेखि आठौं 'नेपाल फर्मा एक्स्पो'

आठौं 'नेपाल फर्मा एक्स्पो २०२२' आजदेखि चितवनमा सुरु हुँदै छ। नेपाल औषधि उत्पादक संघले एक्सपो आयोजना गर्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने एक्स्पो ११ गतेसम्म चल्नेछ।

आजदेखि चितवनमा सुकुम्बासीको जग्गा नापिने

चितवन - चितवनका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापीको काम सुरु गर्न लागेको हो ।  आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालीका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई हिजाे प्रशिक्षण दिएको थियो । आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार भरतपुरका छ वडा, कालीका र माडीका ३/३ वडाबाट काम सुरु गर्न लागिएको हो । सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ ।  भरतपुरमा ३५ दिन, कालीका नगरपालिकामा २...

चितवनमा आजदेखि ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने

चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए । यातायात कार्यालयमा भीडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत अनलाइन टोकन प

चितवनमा आजदेखि खोप अभियान शुरु

जिल्लामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको हो ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई खोप लगाइने छ । यही साउन ३ गते सरकारी, निजी र सामुदायिक विद्यालय तथा क्याम्पसका प्राध्यापक, शिक्षकलाई खोप लगाइने छ । यसका लागि सम्बन्धित पालिकाको शिक्षा शाखाबाट प्रमाणित गरेको प्रतिलिपि र कार्ड अनिवार्य गरिएको कार्यालयका प्रमुख दीपकप्रसाद तिव