झापा : गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा (सासु) भत्ता वितरण गरेको पाइएको छ। गाउँपालिकाले मृत्यु भएका २० भन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको विवरण तयार गरेको छ। मृत्यु भएका व्यक्तिका नाममा मात्रै गाउँपालिकाले तीन लाखभन्दा बढी भुक्तानी गरेको छ। मृत्यु भएका व्यक्तिका नाममा गाउँपालिकाले भत्ता वितरण गरेसँगै महालेखाले सो रकमलाई बेरुजु लेखेको छ। महालेखाको प्रतिवेदनमा सो रकम गाउँपालिकाले असुल गर्नुपर्ने सुझावसमेत दिएको छ। तर गाउँपालिकाले सो रकम अ