मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका अनुगमनमा १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो ।विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को दफा २० को उपदफा ४ (क) बमोजिम सो पसलहरूलाई ४ देखि १५ दिनसम्म निलम्बन गरिएको जानकारी दिए । उनका अनुसार औषधि पसलको अनुगमनका क्रममा अधिकांश पसलले अनुमतिबिना नै सञ्चालन गरेको तथा केहीमा म्याद सकिएको औषधि पाइएपछि कारबाही गरिएको हो ।औषधि बिक्रेत