यस्तो छ देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्चको परमादेश [पूर्णपाठसहित]

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार प्रतिनिधि सभा पुन:स्थापना गर्ने फैसला सुनाएको हो । साउन ३ भित्र प्रतिनिधि सभा अधिवेशन बोलाउन र त्यसको २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत लिन पनि सर्वोच्चले आदेश दिएको छ । साथै संविधानको धारा ७६ (५)अनुसारको प्रक्रियामा दलीय ह्वीप नलाग्ने र सांसदहरू मतदान गर्न स्वतन्त्र रहने फैसला पनि सर्वोच्चले सुनाएको छ । हेर्नुहोस् पूर्णपाठ

सम्बन्धित सामग्री

मेरो नेतृत्वमा चौतर्फी विकास र रूपान्तरण भएको छ, म ढुक्क छु– ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश आफ्नो पक्षमा रहेपनि सर्वोच्चको परमादेश कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा आएको बताएका छन् । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेशपछि बालुवाटार र सिंहदरबार छाड्ने तयारीमा रहेका ओलीले देशवासीका नाममा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । 'जनताको जनादेश मेरो पक्षमा थियो, तर सरकारको परमादेश देउवाजीको पक्षमा आयो,' ‌ओलीले भने । उनले सरकारबाट बाहिरिन परेकोमा आफूलाई कत्ति पनि चिन्ता नरहेको बताए । 'सरकारबाट बाहिरिनुपरेकोमा कति पनि च...

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश, अब के हुन्छ प्रक्रिया ?

सर्वोच्चको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दिनभित्र उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेछ । संविधानको धारा ७६ (५ ) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संसद् बैठकमा ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

यस्तो छ देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्चको परमादेश [पूर्णपाठसहित]

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार प्रतिनिधि सभा पुन:स्थापना गर्ने फैसला सुनाएको हो । साउन ३ भित्र प्रतिनिधि सभा अधिवेशन बोलाउन र त्यसको २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत लिन पनि सर्वोच्चले आदेश दिएको छ । साथै संविधानको धारा ७६ (५)अनुसारको प्रक्रियामा दलीय ह्वीप नलाग्ने र सांसदहरू मतदान गर्न स्वतन्त्र रहने फैसला पनि सर्वोच्चले सुनाएको छ । हेर्नुहोस् पूर्णपाठ

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो। प्रतिनिधिसभाको विघटन ७६(५) र ७मा रहेको प्रावधानअनुसार नदेखिएको फागुन ११को सर्वोच्चको व्याख्या मर्मअनुसार नभएको यसलाई मान्यता दिन नसकिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बताए। देउवालाइर्य प्रधानमन्त्री बनाउन माग गर्दै १४६सांसदले हस्ताक्षर सहित निवेदन दिएका थिए।

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

काठमाडौँ । नेपाली कांग्रेसका सभापित शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।