काठमाडौंका सडकमा जताततै फोहोरको थुप्रो देख्न सकिन्छ। यसअघि काठमडौंका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरेर मात्रै महानगरका अन्य काम गर्ने घोषणा गरिसक्नुभएको छ। सिसडालवासीका समस्या बुझ्न उपमेयरसहितको टिम लिएर मेयर साह आज सिसडोल पुगेका छन्।