काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहर व्यवस्थापन गरिने बताउनुभएको छ । काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उहाँले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताउनुभएको हो ।
आज बुधवार काठमाण्डौ महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई दिँदै मन्त्री झाँक्रीले काठमाण्डौको फोहर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैँ तयार रहेको समेत बताउनुभयो ।
...