म्यानमारमा नेपालीलाई बन्धक बनाइयो : परराष्ट्र मन्त्रालयद्वारा प्रलोभनमा परेर थाइल्याण्ड र म्यानमार नजान आग्रह

परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको भन्दै सचेत रहन …