काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यालय समयमा काम छोडेर अनावश्यक सभा सम्मेलनमा नजान निर्देशन दिएका छन्। सिंहदरबारमा मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै प्रचण्डले सहभागी नभइ नहुने मन्त्रालयको प्राथमिकताको कार्यक्रम भए सम्बन्धित विषयको एक जना मात्रै सहभागी हुन आग्रह गरे। ‘कार्यालय समयमा, कार्यालयको काम छोडेर अनावश्यक सभा सम्मेलन, गोष्ठी, सेमिनारमा, प्रशिक्षण दिने, जस्ता कार्यमा जान बन्द गर्नुहोस्। सहभागी नभइ नहुने मन्त्रालयको प्राथमिकताको कार