तनहुँको ऋषिङ गाउँपलिका–८ पल्ट्याङका गञ्जसिं गुरुङलाई बर्खायाममा फेदीखोला तर्न निकै सकस थियो । हिउँदमा सामान्य भए पनि बर्खाका बेला फेदीखोला उर्लेर तर्न समस्या हुन्थ्यो । खोला बढेको बेला पारपार गर्न सास्ती थियो । खोला बढेर मान्छे नै बगाउने स्थिति आउने गर्दथ्यो ।विसं २०७५ मा कक्षा सातमा अध्ययनरत एक बालकलाई यही खोलाले बगाएर ज्यानै लियो तर अब यस भेगका बासिन्दालाई अहिले खोला तर्नु पर्दैन । गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त गाउँपालिका–८ र भिमाद नगरपालिका–५ जोड्ने फेदीखोलामा पुल निर्म