सोलुखुम्बु – ओखलढुङ्गाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रमुख एवम् प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिनुभएकाे छ । राई आफ्नै घर सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ बासामा मृत भेटिनुभएकाे हाे ।
ओखलढुङ्गाको खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र घर बिदामा आउनुभएकाे थियाे । हिजाे (सोमवार) बेलुका साथीभाइसँग रमाइलोका साथ खानपिन गरेर सुत्नुभएका राई आज मङ्गलवार बिहान आफ्नै ओछ्यानमा मृत भेटिनुभएको उहाँकाे परिवारिक स्राेतले जनाएको छ ।
सोमवार बेलुका राम्रैसँग ख...