काठमाण्डाै – सांसदहरुले पर्यटकीय गन्तव्य केन्द्र निर्माण गर्दा त्यस क्षेत्रको भौगोलिक, ऐतिहासिक तथा कला संस्कृति र परम्परा झल्कने संरचना निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।
सात प्रदेशका पर्यटकीय गन्तव्यहरुको सम्बन्धमा संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हिजाे गरेको छलफलमा समिति सदस्यहरुले सातवटै पर्यटकीय केन्द्रको विविधता झल्कने गरि संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । पर्यटकीय केन्द्र निर्माण गर्ने प्रतिस्पर्धामा आफ्नो क्षेत्रीय विशेषतालाई बिर्सेर नक्कल गर्दा सबै प्रदेशमा एकै किसिमक...