बुटवल। लुम्बिनी प्रदेश सरकारले ‘एक स्थानीय तह एक खेलकुद संरचना’ निर्माण गर्ने भएको छ। स्थानीय तहसँगको सहलगानीमा खेल मैदान निर्माण गरिने भएको हो। ‘नेत्रलाल अभागी’ रंगशाला दाङ र उजिरसिंह रंगशाला रुपन्देही अन्तर्राष्टियस्तरको बनाइने भएको हो। ‘नेत्रलाल अभागी’ रंगशालालाई प्रदेशको गौरवको आयोजनामा समावेश गरेको लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।