काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।त्यसका लागि आज र भोलि देशभरका ९० वटा बार इकाइसँग भर्चुअल छलफल गर्न लागिएको एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। बारले प्रधानन्यायाधीश जबरालाई गत बुधबारसम्म राजीनामा दिन अल्टिमेटम दिँदै राजीनामा नआए तिहारपछि थप आन्दोलन गर्ने यसअघि नै घोषणा गरेको थियो। छलफलमा सहभागी बार इकाइका प्रतिनिधिको सुझावका आधारमा आन्दोलनका थप कार्यक्रम तय