रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सीमाना सुरक्षाका लागि आणविक हतियार प्रयोग गर्न तयार रहेको बताएका छन् । पुटिनको धम्कीपछि रूसले सानो वा सीमित दायराको रणनीतिक आणविक हतियारहरूको प्रयोग गर्ने चिन्ता गर्न थालिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले आणविक अस्त्र प्रयोग गरे त्यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा गम्भीर सैन्य स्थिति हुने चेतावनी दिएका छन् । रूसको चेतावनीपछि चर्चामा आएको रणनीतिक आणविक हतियारहरू के हुन् ? रुससँग त्यस्तो हतियार कति छन् ? के रूसले साँच्चै तिनीहरूलाई प्रयोग गर