उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा

उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ । प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।देशका नेता किम जोङ–उनले निर्णयलाई “अपरिवर्तनीय“ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरे ।  प्रतिबन्धहरूको बावजुद प्योङयाङले सन् २००६ देखि सन् २०१७ को अवधिमा  ६ वटा परमाणु परीक्षणहरु गरेको छ।उसले आफ्नो सैन्य क्षमतालाई अगाडि बढाउन जारी राखेको छ । संयुक्त राष्ट्र

सम्बन्धित सामग्री

दक्षिण कोरिया र अमेरिकाले हामीमाथि आक्रमण गर्न खोज्दैछन्: उत्तर कोरिया

शनिबार मात्र उत्तरले पनि जवाफमा भनेको थियो कि अमेरिकी आक्रमकताको अचुक उपाय भनेको उत्तर कोरियाको आणविक हतियार नै हो ।

दक्षिण कोरियाको प्रतिक्रियाप्रति उत्तर कोरिया आक्रोशित

उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले आणविक हतियार छाडे अर्थतन्त्र सघाउने दक्षिणको प्रस्तावलाई ठाडै अस्वीकार गरेकी छन् । यसअघि दक्षिण कोरियाली राष्ट्रपति यून सुक–यियोलले उत्तर कोरियाले आणविक निशस्त्रीकरण सुरु गरे बदलामा चरणबद्ध आर्थिक सहायता दिने प्रस्ताव गरेका थिए । बुधबार सत्तामा आएको १०० दिन पुरा भएको अवसरमा एक पत्रकार सम्मेलन आयोजना गरेर यूनले उनको प्रस्ताव दोहोर्याएका थिए । त्यसैको जवाफमा किम यो जोङले एक विज्ञप्ति जारी गर्दै ‘मुख नखोलेकै भए यूनको इमे

आणविक हतियार नियन्त्रण

रुस र युक्रेनबीच बढ्दो तनावमा धेरैले एउटै संशय गरिरहेका छन्, कतै दुई देशले एक अर्काविरुद्ध आणविक हतियारको प्रयोग त गर्दैनन् ? संशयको यो प्रश्न जुनसुकै दिन पनि व्यवहारमा देखिन सक्छ । संयुक्त राष्ट्रसङ्घका अनुसार, सन् २०२२ सम्म आइपुग्दा नौवटा देशसँंग करिब १३ हजार ८० वारहेड आणविक हतियार भएको अनुमान गरिएको छ । तीमध्ये सात हजारभन्दा बढी हतियार तयारी अवस्थामा राखिएका छन् र त्यसमा पनि दुई हजार त अत्यन्तै जोखिमको सूचीमा रहेका क्षेत्रमा छन् । सबैभन्दा धेरै आणविक हतियार रसियासँग रहेको छ भने उत्तर कोरिया र इजरायल आणविक हतियार हुने देशमध्ये अन्तिममा रहेका छन् ।

उत्तर कोरिया विश्वकै शक्तिशाली राष्ट्र : किम जोन उन

उत्तर कोरियाली नेता किम जोन उनले उत्तर कोरिया विश्वकै आणविक हतियार सम्पन्न मुलुक भएको दाबी गरेका छन्। उत्तर कोरियाले बुधबार गरेको अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलले अमेरिकालाई पूर्ण रुपमा नष्ट गर्न सक्ने भएकाले उत्तर कोरिया विश्वकै आणविक हतियार सम्पन्न मुलुक भएको उनको दाबी छ।

अमेरिका बाहेक अन्य मुलुक विरुद्ध आणविक हतियार प्रयोग हुँदैनः उत्तर कोरिया

मनिला (फिलिपिन्स) । उत्तर कोरियाले आणविक हतियार अमेरिकाबाहेक अन्य देशका विरुद्ध प्रयोग गर्ने कुनै मनसाय नभएको

अमेरिका बाहेक अन्य मुलुक विरुद्ध आणविक हतियार प्रयोग हुँदैन : उत्तर कोरिया

मनिला  । उत्तर कोरियाले आणविक हतियार अमेरिकाबाहेक अन्य देशका विरुद्ध प्रयोग गर्ने कुनै मनसाय नभएको जनाएको छ

अमेरिका बाहेक अन्य मुलुकविरुद्ध आणविक हतियार प्रयोग हुँदैन : उत्तर कोरिया

मनिला । उत्तर कोरियाले आणविक हतियार अमेरिकाबाहेक अन्य देशका विरुद्ध प्रयोग गर्ने कुनै मनसाय नभएको जनाएको छ । दक्षिणपूर्वी एसियाली मुलुकहरूको क्षेत्रीय भेलामा सहभागी हुन...

अमेरिका बाहेक अन्य मुलुक विरुद्ध आणविक हतियार प्रयोग नगर्ने उत्तर कोरियाको घोषणा

“अमेरिकासँग कुनै मुलुकले उत्तर कोरिया विरुद्ध मिलेर हतियार नचलाउँदासम्म आफ्नो आणविक हतियार अमेरिकाबाहेक अन्य मुलुक विरुद्ध प्रयोग गर्ने हाम्रो