अमेरिकी सांसदहरूको एक समूहले राष्ट्रपति जो बाइडनलाई पत्र लेखेर पाकिस्तानको आणविक हतियार तालिबानको हातमा पुग्न सक्ने विषयमा सचेत गराएका छन् ।
तालिबानले पाकिस्तानलाई अस्थिर बनाएर उसको आणविक हतियार हात पार्न सक्ने सांसदहरूको चिन्ता छ ।
अनि बाइडनले अफगानिस्तानको अव्यवस्थाका विषयमा उत्तर दिनुपर्ने पनि उनीहरूले बताएका छन् ।
अमेरिकी सिनेट र तल्लो सदनका ६८ जना सांसदले बुधवार बाइडनलाई पत्र लेखेका हुन् । तालिबानको शासनमा अफगानिस्तान आणविक शक्तिसम्पन्न राष्ट्र बन्ने हो कि भनी उनीहरूले चिन्ता व्यक्त गरेका छन् ...