मनकामना स्मार्ट लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत लाभांश घोषण गरेको हो । गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्ताव गरीएको लाभांश नेपाल राष्ट्र बैंक र […] The post मनकामना स्मार्ट लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मनकामना स्मार्ट लघुवित्तको खुद नाफामा कमी

काठमाडौं, १९ माघ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत वर्षको तुलनामा ४७ दशमलव ३२ प्रतिशतले घटेको छ । वित्तीय संस्था लिमिटेडले यस वर्ष १ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ९७ लाख रुपैयाँभन्दा बढी यो […]

नेप्सेमा दोहोरो अंकको सुुधार, रिदी हाइड्रोपावरमा सर्किट

बिहीबार रिदी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मनकामना स्मार्ट लघुवित्तको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका सेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगाएरका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ […]

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट आज

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज (सोमबार) बाँडफाँट हुने भएको छ ।मनकामना स्मार्टको आईपीओ सोमबार धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाडौं नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा हुने भएको हो । मनकामना स्मार्ट लघुवित्तले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८९ हजार […]

मनकामना स्मार्ट लघुवित्तको आइपिओ बाँडफाँट

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँट गरेको हो ।कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये दुई हजार ७५३ जनाको आवेदन रद्द हुँदा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदक कायम गरिएको क्यापिटलले जनाएको छ । मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उ

मनकामना स्मार्ट लघुवित्त :  २० लाखभन्दा बढीले आईपीओमा आवेदन दिए

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा २० लाखभन्दा बढीले आवेदन दिएका छन् ।     आज साँझ ५ः३० बजेसम्म २० लाख २६ हजार २४५ जनाको आवेदन परेको छ । यो मागभन्दा ७३ गुणा बढी भएको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । यही असार १७ गतेबाट खुला भएको आईपीओ आज सकिएको छ ।     क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई अर्ब ६५ करोड ७४ लाख ५० हजार कित्ता शेयर माग भएको छ । संस्थाले सर्वसाधारणका ला

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा १६ लाखको आवेदन

काठमाडौँ– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन्। आइतबार बिहानसम्म १६ लाख १२ हजार ९ सय १ जनाको आवेदन परेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार उक्त आवेदनबाट दुई करोड १२ लाख ७० हजार ३० कित्ता सेयर माग भएको […]

मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ३ लाख ८९ हजार कित्ता आईपीओ आज (बिहीबार) बाट सर्वसाधारणका लागि खुल्ला भएको छ । प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आईपीओ निष्काशन गरेको कम्पनीले ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा मात्र सर्वसाधारणका लागि खुल्ला गरेको हो । सोही ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने

मनकामना स्मार्ट लघुवित्तको आईपीओ असार १७ देखि

काठमाडौं। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले यही असार १७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले तीन लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। लगानीकर्ताले आईपीओमा १० देखि एक हजार कित्तासम्म आवदेन दिन पाउनेछन्। सर्वसाधारणले कम्पनीको ३ लाख ६३ हजार ४९२ कित्तामा आवेदन दिन पाउनेछन्।