गणपति लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १२ करोड ७३ लाख ५६ हजार रहेको छ । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।