पेट्रोलियम पदार्थको ढुवानी सुचारु भएको छ । बढेको भाडादर नेपाल आयल निगमले लागू नगरेको भन्दै ढुवानी रोकेका ट्याङ्कर व्यवसायी र निगमबीच सहमति भएपछि ढुवानी सुचारु भएको हो । निगमबाट गठित प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा मर्मतसम्भार खर्च यकिन गरी भाडा समायोजन गरिने सहमति भएको छ ।
निगमबाट समायोजन हुन बाँकी राजस्व तथा शुल्क, ट्याङ्करलाई भारत सरकारले लिने सडक दस्तुर, प्रवेश इजाजत शुल्क, नेपाल र भारततर्फ लाग्ने एकीकृत भन्सार जाँच शुल्क, ट्याङ्करको परिणाम मापन शुल्क, विस्फोटक प्रमाणपत्र र चालक÷सहचालकको पारिश्रमिक यकिन गरी समायोजन गरिने भएको छ ।