भाडा समायोजन गर्ने सहमतिसँगै पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

१० भदौ, काठमाडौं । प्राविधिक प्रतिवेदनको आधारमा पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन गर्न नेपाल आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच समझदारी भएको छ । नेपाल आयाल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच बिहीबार भएको वार्तामा सहमित भएसँगै व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । लामो समयदेखि ढुवानी भाडा नबढेको भन्दै आन्दोलित व्यवसायीले मंगलबारदेखि देशका […]

सम्बन्धित सामग्री

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

चैत १९, काठमाडौं । पेट्रोलियम व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । शनिवार आयल निगम र पेट्रोलेमिय व्यवसायीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिएका हुन् । नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले निगमसँग छलफल भएर एक किसिमको सहमति बनेपछि आन्दोलन फिर्ता लिने निर्णय गरिएको जानकारी दिए । छलफलपछि निगमका प्रवक्ता विनितमणि उपाध्याय र राष्ट्रिय पेट्रोलियम संस्थागत समितिका प्रवक्ता ज्ञानेश्वर अर्यालले पनि विज्ञप्ति जारी गर्दै सहमति भएकाे जानकारी गराएका छन् । छलफलपछि निगम र व्यवसायीले  संयुक्त रुपमा जारी गरेको विज्ञप्ति: संयुक्त प्रेस विज्ञप्ति मितिः २०७८/१२/१९ १) आज मिति २०७८/१२/१९ गते शनिवार निगमको केन्द्रीय कार्यालय, टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले मिति २०७८/११/२३ मा निगम समक्ष पेस गरेको मागहरूका सम्बन्धमा निगम व्यवस्थापन र समन्वय समितिका पदाधिकारीहरू विच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं।.६ को एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्नेगरी आवश्यक कार्य गर्ने सहमति भयो । २) आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैको मितिदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एल।पी। ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भयो । ३) पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू भोलि मिति २०७८/१२/२० गते आइतवार बिहान ८ बजेबाट नै सञ्चालन गरिने व्यहोरा जानकारी गराउँदछौं । ४) हाल गर्मीयाम सुरू भई सकेकोले अत्यन्त प्रज्वलनशील पेट्रोलियम पदार्थ आवश्यक परिमाणमा मात्र खरीद गर्नुहुन एवं अनावश्यक सञ्चिति नगरिदिनु हुन समेत आम उपभोक्तावर्गमा अनुरोध गर्दछौं । धन्यवाद ।