काठमाडाैं : जातीय व्यवस्थाप्रति विरोध जनाउँदै काठमाडाैंको माइतीघरमा विरोध प्रदर्शन भएको छ। आज दिउँसो माइतीघर चोकमा सञ्चारकर्मी रुपा सुनुवारप्रति भएको विभेदको विरोध गर्दै विभिन्न दलमा आबद्ध संघ संगठनले विरोध जनाएका हुन्। उनीहरूले जातीय भेदभाव बढाएको भन्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाही माग गरेका छन्। संयुक्त राजनीतिक दलीय संघर्ष समिति, दलित नागरिक समाज, जातीय संगठनलगायतले प्रदर्शन गरेका हुन्। प्रदर्शन क्रममा उनीहरूले 'कानुनी प्रक्रियामाथि राज्यको हस्तक्षेप बन्