काठमाण्डाै - नेकपा एमालेका नेता शेरबहादुर तामाङलगायत केही अभियन्ताहरूले गाँजा खेती गर्न पाउनुपर्छ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्।
गाँजा खेती खुलाउनुपर्ने माग गर्दै आएका पूर्वमन्त्री समेत रहेका तामाङसहितका अभियन्ताहरु आज माइतीघरमा पुगेर प्रदर्शन गरेका हुन्।
नेपाल गाँजा वैधानिक महाअभियानको अगुवाइमा प्रदर्शन भएको हो । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत् गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेपछि यसको पक्ष र विपक्षमा चर्चा भइरहेको छ ।
औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने सरकारले जना...