स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।
आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मैदानमा रियल म्याड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकियो ।
बार्सिलोनाको कठिन जितमा फ्रान्की डि जोङले निर्णायक गोल गरे । फ्रान्कीले ८७औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए ।
घरेलु टोलीलाई दबाब दिँदै ७६ प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न निकै संघर्ष गर्नुपर...