भारतीय अर्थमन्त्री सीतारमणसँग राजदूत शर्माको भेट

भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले बुधबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरेका छन्। राजदूत शर्माले मन्त्री सीतारमणसँग सौहाद्रपूर्ण भेट गरेका हुन्। भेटका क्रममा मन्त्री सीतारमणसँग नेपाल र भारतबीचको सम्बन्ध सुदृढ गर्न वित्तीय, आर्थिक र बैँकिङ सुधारको सम्भावित क्षेत्रबारे कुराकानी भएको राजदूत शर्माले जानकारी दिएका छन्।   Had a cordial meeting with Hon. Minister of […]

सम्बन्धित सामग्री

अर्थमन्त्री पुन र बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट

काठमाडौँ– नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्त र नेपालका लागि बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट भएको छ । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्री  पुन र बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट भएको हो ।

अर्थमन्त्री र युरोपियन युनियन राजदूत एमएस नोनीबीच भेट

अर्थमन्त्री डा. प्रकाशशरण महत र युरोपियन युनियनका राजदूत एमएस नोनी डिपरेजबीच भेटवार्ता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्नेबारे छलफल...

ठूला पूर्वाधार निर्माणमा सहयोग गर्न अर्थमन्त्री शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच अर्थ मंगलबार बिहान शिष्टाचार भेट भएको छ ।भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरे । “अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आएको छ” उनले भने, “महाभूकम्प, कोरोना महामारीलगायतका संकटमा अमेरिकाले गरेको […]

अर्थमन्त्री शर्मालाई विश्वकप फुटबल हेर्न आमन्त्रण

काठमाडौं, १९ असार : गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई कतार फिफा विश्वकप हेर्न नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले आमन्त्रण गरेका छन् ।  दुईबीचको शिष्टाचार भेट आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको थियो । भेटमा राजदूत अल हेलले ‘कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिता २०२२ का लागि आमन्त्रण गर्नुभएको’ सामाजिक सञ्जालमार्फत […]

अर्थमन्त्री र बेलायती राजदूत भेट, बमौसमी वर्षापीडितलाई सहयोगबारे कुराकानी

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्री शर्मालाई भेट्न राजदूत पोलिट आइतबार अर्थ मन्त्रालयमै पुगेकी थिइन् । सो भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल भएको अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार गोविन्द रोकाले जानकारी दिए ।भेट क्रममा मन्त्री शर्मा र राजदूत पोलिटबीच नेपालको सुदुरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जनधन र पूर्वाधार क्षति कुरा भएको छ । पी

अर्थमन्त्री–चिनियाँ राजदूतबीच भेट, अनुदानको थप १६ लाख डोज खोप चाँडै आउने

नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन् । शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुन:निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरे । मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे । उनले चीनबाट थप खोप खरिदको लागि प्

अर्थमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट

अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले आज  शिष्टाचार भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाकोतर्फबाट आवश्यक प्रक्रिया अघि बढाइ दिनसमेत आग्रह गरे ।“इपिएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण ग

अर्थमन्त्री-कोरियाली राजदूत भेट, रोकिएको ‘इपिएस’ अघि बढाउने प्रतिबद्धता

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन्।

अर्थमन्त्री शर्मा र नेपालीका लागि अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन्। मंगलबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भुकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे। उनले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण […]

अर्थमन्त्री शर्मा र भारतीय राजदूत क्वात्राबीच भेट

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका छन्। उनले बिहीबार सिंहदरबार स्थित अर्थमन्त्री शर्मालाई भेटेका हुन्। नेकपा माओवादीका तर्फबाट शर्माले तीन दिन अघि अर्थमन्त्रीका रुपमा शपथ खाएका थिए।