अर्थमन्त्री र बेलायती राजदूत भेट, बमौसमी वर्षापीडितलाई सहयोगबारे कुराकानी

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्री शर्मालाई भेट्न राजदूत पोलिट आइतबार अर्थ मन्त्रालयमै पुगेकी थिइन् । सो भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल भएको अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार गोविन्द रोकाले जानकारी दिए ।भेट क्रममा मन्त्री शर्मा र राजदूत पोलिटबीच नेपालको सुदुरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जनधन र पूर्वाधार क्षति कुरा भएको छ । पी