२८ वर्षको उमेरमा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य बनेका उनी लगातार संसदमा प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका कान्छा सांसद हुन् । २०७४ सालको निर्वाचनमा तत्कालीन बाम गठबन्धनबाट उम्मेदवार बनेका उनले कांग्रेस नेता तथा पूर्व मन्त्री महेश आचार्यलाई पराजित गरेका थिए ।