काठमाण्डाै – नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो, को मन्त्री गयो भनेर नभइ मन्त्रालयकाे काममा ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । बिहीवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीभन्दा मन्त्रालयको काममा कर्मचारीहरूको ध्यान जानुपर्ने बताउनुभयो । सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्त्वपूर्ण भूमिका रहेको भन्दै मन्त्री थापाले नागरिकलाई सूचना प्रविधिको पहुँचमा लैजान आवश्यक रहेको बताउनुभयो ।परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध नेपाल स...