मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले गौर नरसंहार पुनः दोहोर्याउने भनि दिएको अभिव्यक्ति प्रति टिप्पणी गर्दै विरोध गरेका छन् । शनिबार जनकपुरधाममा रातोपाटीसँग कुराकानी गर्दै मन्त्री साहले मन्त्री यादवले दिएको अभिव्यक्ति गलत रहेको भन्दै मन्त्री यादवको बोली चिप्लिएको बताएका हुन् ।आन्तरिक मामिला तथा सञ्चार मन्त्री साहले भने, ‘मलाई जानकारी प्राप्त भए अनुसार मन्त्री रेणु यादवजी बलिदानी दिवसको दिन रौत