संघीय संसदको एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल सुरु हुने तरखरमा छ । मंसिर...
३ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने कार्यसूची हटेको छ । गत शुक्रबार प्रतिनिधि सभाको कार्यसूचीमा गृहमन्त्री लामिछानेले राजनीतिक दल सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । यो कार्यसूचीमा सभामुख देवराज घिमिरे प्रवेश गर्ने वित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । कांग्रेसको […]
प्रतिनिधि सभामा गैरसरकारी विधेयक ल्याउनेले राष्ट्रिय सभामा आफैँ अघि बढाउन चाहेको खण्डमा त्यस्तो अनुमति पाउन सक्ने बाटो खुला गरिएको हो । संसद सचिवालयका उपसचिव नुमराज खनालका अनुसार यस्तो अभ्यास पहिलो पटक गर्न खोजिएको हो ।
२२ माघ, काठमाडौं । राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक प्रतिनिधि सभामा सांसद सुशीला थिङले अघि बढाउने भएकी छन् । राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक पारित भएर प्रतिनिधि सभामा आएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले राष्ट्रिय मर्यादा सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरे । संसद सचिवालयका प्रवक्ता एकराम […]
२५ असोज, काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले विधेयकको प्रतिवेदन सभामा पेश गरेकी हुन् । २७ माघ २०७९ मा दर्ता भएको यो विधेयक दफावार छलफलमा […]
काठमाडौंः राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव कार्यसूचीमा समावेश गरिए पनि प्रतिनिधि सभामा गणपुरक सङ्ख्याको अभावमा प्रस्ताव प्रस्तुत हुन सकेन।
प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुअघि नेकपा (एमाले) का सचेतक महेश बर्तोलाले गणपुरक सङ्ख्याको यकिन गर्न सभामुख समक्ष माग गरे। त्यसलगत्तै सभामुख देवराज घिमिरेले तीन…
काठमाडौं । प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत भएको छ । प्रतिनिधि सभाको आईतबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई प्रस्तुत गर्नुभएको हो । उहाँले प्रतिनिधि सभामा बोल्दै संसदको कार्यकालको विषयलाई स्पष्ट पार्नका लागि विधेयक ल्याउनुपरेको बताउनुभयो । […]
काठमाडौँः प्रतिनिधि सभामा एकैदिन तीन पटक गणपुरक संख्या यकिन गर्नुपरेको छ। बुधबार साँझसम्म चलेको बैठकमा चलेको बैठकमा कोरम नपुगेपछि विधेयक पारितको प्रक्रिया नै रोकिएको छ।
तीन पटक गणपुरक यकिन माग भएकोमा दुई पटक संख्या पुगेन। एकपटक भने संख्या पुगेको थियो।
पहिलो पटक नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले औषधि तेस्रो संशोधन…
प्रतिनिधि सभामा विभिन्न ८ वटा विधेयक पेस भएको छ । मंगलबारबाट सुरु भएको प्रतिनिधि सभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा विभिन्न ८ विधेयक पेस भएका हुन् । प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस गरे ।त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले औषधि (तेस्रो संशोधन
पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्नेगरी प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक- २०७८ प्रतिनिधि सभामा पेश गरेका हुन् ।
यसअघि शुक्रवार नै बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको थियो ।
अध्यादेश स्वीकृत भएसँगै त्यसलाई प्रतिस्थापन गर्न अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक संसद्मा पेश गरेका हुन् ।
अर्थमन्त्रीले विधेयक पेश गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले ...
काठमाडौँ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा दुई विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका ‘रेल्वे विधेयक २०७६’ र ‘प्रत्यायन(एक्रिडिटेशन)विधेयक २०७६’ प्रस्तुत हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।