एमालेको विरोधका बीच प्रतिनिधि सभामा पेश भयो संशोधित बजेट

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्नेगरी प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक- २०७८ प्रतिनिधि सभामा पेश गरेका हुन् । यसअघि शुक्रवार नै बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको थियो । अध्यादेश स्वीकृत भएसँगै त्यसलाई प्रतिस्थापन गर्न अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक संसद्मा पेश गरेका हुन् । अर्थमन्त्रीले विधेयक पेश गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले ...