पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई किंग्स लाउन्ज काठमाडौंले सम्मान गरेको छ । पेरिस पारा ओलम्पिक २०२४ का लागि छनोट भएकी पलेशा र उनलाई छनोट गराउन सफल प्रशिक्षक कविराजलाई किंग्स लाउन्जका अध्यक्ष रामचन्द्र श्रेष्ठ र डाइरेक्टर कुमार गुरुङले सम्मानपत्र प्रदान गरे ।