काठमाडौँ : काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच जुहारी चलेको छ। कर तिर्ने विषयलाई लिएर यी दुई सरकारी निकायबीच जुहारी चलेको हो। प्राधिकरणले सम्पत्ति कर नतिरेको काठमाडौँ महानगरपालिकाको आरोप छ भने महानगरपालिकाले पनि आफूलाई तिर्नुपर्ने रकम नतिरेको आरोप विद्युत् प्राधिकरणको छ।काठमाडौं महानगरपालिकाले २१ भदौमा नेपाल विद्युत् प्राधिकरणसहित १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर तिर्न निर्देशन दियो। त्यसको प्रत्युत्तरमा महानगरपालिकाले वर्षौ