जबरालाई रोक्न र स्वागत गर्न सर्वोच्चमा जम्मा भएका वकिलहरूका आ–आफ्नै तर्क !

काठमाण्डाै – महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्कन पाउने या नपाउनेबारे वकिलहरूले फरक–फरक तर्क गरेका छन् । जबरालाई महाअभियोग लगाउनुपर्छ भनेर सुरुदेखि नै आन्दोलन गर्दै आएका वकिलहरूले कुनै पनि हालतमा उहाँ फर्कन नपाउने तर्क गरेका छन् । तर केही वकिलहरूले चाहिँ प्रतिनिधि सभाको कार्यकाल सकिएको र उहाँलाई लगाइएको महाअभियोग पुष्टि नभएकाले जबरा सर्वोच्च फर्कन पाउनुपर्ने जिकिर गरेका छन् ।यही तर्क गर्दै जबरा पनि आइतवार सर्वोच्च अदालतमा जाने तयारी गर्नुभएको थियो । तर सरका...