चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने भएको छ । तर केपी ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको देउवा नेतृत्वको सरकारलाईसमर्थन भने गर्ने सो पार्टीको निर्णय छ ।
पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।
‘देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विर...