चितवन । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधन पुगेको ठाउँबाट दुई घण्टा बढी पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलो पटक हाते ट्रयाक्टर पुर्याएका छन् । पहिलो पटक बारी जोत्ने ट्रयाक्टर पुग्दा उनीहरू दंग छन् । […]
बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र स्तरोन्नति भइरहेका तीन सडकमध्ये पहिलो खण्डको कालोपत्र गर्न सुरु गरिएको हो । ठेक्का सम्झौताको १० महिनामा नै सडक स्तरोन्नति सकेर कालोपत्रको काम थालिएको हो । नगरका तीन सडकमध्ये पहिलो सडक गणेशथान घुम्तीबाट निरयघाटसम्मको सडक कालोपत्र गर्न थालिएको छ । ठेक्का सम्झौता […]