तत्काल सरकारमा नजाने राप्रपाको निर्णय

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद् भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सरकारमा नजाने तर समर्थन भने रहने बताएका हुन् । उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’