काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ । शुक्रबार अस्पतालले सूचना जारी गर्दै सरकारले बिमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको हो । बिमितको सेवाबापत स्वास्थ्य बिमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले कार्यक्रम नै स्थगित गर्न परेको अस्पतालले जनाएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. […]