काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खल्बल्याउन खोजिएको भन्दै सचेत हुनुपर्ने बताउनुभएको छ । शुक्रबार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ्ग स्वास्थ्य चौकीको नवनिर्मित भवनहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सामाजिक सद्भाव खल्बल्याएर जनतामा निराशा उत्पन्न गर्ने प्रवृत्ति देखा पर्न थालेको बताउनुभएको हो । उहाँले सद्भाव खल्बल्याउने गतिविधिलाई […]