काठमाण्डाै – सरकारले जातीय, धार्मिक र सामाजिक सद्भाव बिगार्ने सामग्री टिकटकबाट स्वतः हट्ने व्यवस्थाका लागि टिकटकका प्रतिनिधिसहित सरोकारवालासँग छलफल गरेको छ ।जातीय, धार्मिक र सामाजिक सद्भाव बिगार्ने, घृणा–विद्वेष फैलाउने सामग्री टिकटकबाट हटाउने र दोषीलाई कारबाही गर्नका लागि आज आइतवार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो र टिकटकको सिङ्गापुर कार्यालयका प्रतिनिधिबीच छलफल भएको हो ।सामाजिक सञ्जालमा सम्प्रेषित गलत सामग्रीले जातीय, भाषिक, धार्मिक सद्भाव खलबलाउने, राष्ट्रिय एकता र र...